प्रभु बैंककी चिफ बिजनेस अफिसर रश्मी पन्त पक्राउ

काठमाडौँ। प्रभु बैंककी चिफ बिजनेस अफिसर रश्मी पन्त पक्राउ परेकी छन्। बैंकिङ कसुर मुद्दामा फरार रहेकी पन्त पक्राउ परेकी हुन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई काठमाडौंको तीनकुनेबाट बुधबार पक्राउ गरेको हो। पन्तलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएर म्याद थपको प्रक्रिया बढाइने प्रहरीले जनाएको छ।

पन्तमाथि बैंकबाट प्रवाह भएको ४८ करोड रुपैयाँ कर्जा दुरुपयोग भएको अभियोग लागेको छ। उक्त कर्जा एसियन नभिलेज रिसोर्टका अध्यक्ष शशिधर शर्माले बैंकबाट लिएका थिए।सुन्दरी बैंकर भनेर चिनिएकी प्रभु बैंककी चिफ अपरेटिङ अफिसर रश्मी पन्तलाई अदालतले तत्काल पक्राउ गरी कारागार चलान गर्न आदेश दिएको थियो । तर, उनी  फरार थिइन्।
प्रभु बैंकमा प्रवेश गरेको पाँच वर्षमै कर्पोरेट अफिसर र सात वर्षमै चिफ अपरेटिङ अफिसर बनेकी रश्मीमाथि बैंकभित्र विभिन्न सेटिङ मिलाएर जनताको लगानी जोखिममा पार्ने गरी कर्जा दुरुपयोगमा संलग्न रहेको अभियोग लागेको थियो ।
सोही अभियोगमा उच्च अदालत पाटनले उनलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो। रश्मीको पदोन्नति पनि निकै तीव्र थियो। बैंकमा प्रवेश गरेको १० वर्षभित्रै उनले ११ पटक बढुवा पाएकी थिइन्।

 

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै