ऋणीहरुलाई आन्दोलन असार मसान्तसम्म स्थगित गर्न राष्ट्रिय वाणिज्य बैंकको आग्रह, बैंक भन्छ, ‘अवश्यक सहयोग गर्नु’ !

काठमाडौँ। राष्ट्रिय वाणिज्य बैंकले ऋणीहरुलाई आन्दोलन स्थगित गर्न आग्रह गरेको छ। बैंक सञ्चालक समितिको अर्को बैठकको निर्णय नआउञ्जेलसम्म आन्दोलन स्थगित गर्न ऋणीहरुलाई राष्ट्रिय वाणिज्य बैंकले एक सूचना नै जारी गर्दै आग्रह गरेको हो।

उक्त सूचनामा भनिएको छ, ‘२०८२ भदौ २४ गते यस बैंकको शाखा कार्यालय बानेश्वरमा जेन्जी आन्दोलनका क्रममा तपाईँहरूले उक्त शाखाबाट सुन कर्जा लिँदा कर्जाको सुरक्षण वापत राख्नु भएका सुन तथा सुनका गरगहनाहरू लुटपाट भई क्षति भएको सम्बन्धमा बैंक सञ्चालक समितिको मिति २०८२-१०-२८ को बैठकबाट उक्त क्षति भएको सुन कर्जाका ग्राहकहरूलाई घटना घटेको मितिको बजार मूल्यमा क्षतिपूर्ति दिने भन्ने निर्णयमा असहमति राख्दै यहाँहरूले विभिन्न मितिमा दिनु भएको निवेदन तथा सो सम्बन्धमा भएको छलफल प्रति बैंक व्यवस्थापन संवेदनशील छ ।’

‘बैंकमा सञ्चालक समितिको पूर्णता पश्चात् बैंकबाट हुने निर्णय उपलब्ध गराउने व्यहोरा अनुरोध गर्दै यहाँहरूले सञ्चालन गरेका सम्पूर्ण कार्यक्रमहरू हाललाई मिति २०८३ असार मसान्तसम्म स्थगित गरी आवश्यक सहयोग गरिदिनुहुन अनुरोध छ ।’

जेनेजी आन्दोलनका क्रममा हराएको भनिएको १८ किलो सुनको विषयलाई लिएर पीडित पक्ष र सरोकारवालाहरूले वाणिज्य बैंकको केन्द्रीय कार्यालय अगाडि प्रदर्शन गरेका थिए।

प्रदर्शनका क्रममा पीडित ऋणीहरूहरूले सम्बन्धित निकायले घटनाको निष्पक्ष छानबिन गर्न नसकेको आरोप पनि लगाएका थिए। यो हेर्नुहोस्:

राष्ट्रिय वाणिज्य बैंकका ऋणीहरू आन्दोलनमा, सुन फिर्ताको माग गर्दै बैंकमा नारा लगाउँदै ऋणी !

‘१८ किलो सुन कता हरायो’ भन्दै रास्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा धर्ना, माग पूरा नभएसम्म आन्दोलन गर्ने पीडित ऋणीहरूहरूको चेतावनी !

 

 

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै