प्रभु बैंकले ५ अर्बको अग्राधिकार सेयर जारी गर्ने

काठमाडौँ। प्रभु बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने भएको छ। बैंकले ५ अर्ब रुपैयाँबराबरको अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने भएको हो ।

बैंक सञ्चालक समितिको बैठकले विशेष साधारणसभा र नेपाल राष्ट्र बैंकलगायतका नियमनकारी निकायको स्वीकृतिमा अग्राधिकार सेयर जारी गर्ने निर्णय गरेको हो।

जसअनुसार बैंकले १०० रुपैयाँ अंकित दरका कुल ५ करोड इकाइ अग्राधिकार सेयर जारी गर्नेछ। यो अग्राधिकार शेयरको वार्षिक लाभांश दर ८.५ प्रतिशत रहने बैंकले जनाएको छ।

उक्त लाभांश बैंक नाफामा रहेको वर्षहरुमा मात्रै वितरण हुनेछ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै