माछापुच्छ्रे बैंकको नाफा २५.२५ प्रतिशतले बढ्यो, खराब कर्जा पनि घट्यो, ६ महिनामा बैंकले कमायो ८० करोड ७३ लाख !

काठमाडौँ। माछापुच्छ्रे बैंकले दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले चालु आर्थिक वर्ष २०८२-८३ को दोस्रो त्रैमास (साउन-पुस)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको हो ।

यस अबधीमा बैंकले १ अर्ब १ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१-८२ को सोही अवधिसम्म बैंकले ८० करोड ७३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। जुन अहिलेको नाफा २५.२५ प्रतिशतले बढी हो।

समीक्षा वर्षसम्म बैंकको वितरणयोग्य मुनाफा ४३ करोड ६३ लाख रुपैयाँ रहेको छ भने बैंकको सञ्चालन मुनाफा १ अर्ब ४५ करोड ६८ रुपैयाँमा भएको छ।

त्यस्तै, बैंकले २ अर्ब ९४ करोड १० लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ भने चुक्तापुँजी १२ अर्ब ८ करोड ६२ लाख रुपैयाँ रहेको बैंकको सेयर प्रिमियममा ३ करोड ८ लाख रुपैयाँ, रेटिन्ड अर्निङ ४३ करोड ६३ लाख रुपैयाँ र रिजर्भमा ६ अर्ब ९८ करोड १८ लाख रुपैयाँ रहेको छ। साथै, बैंकले २ खर्ब ४ अर्ब ४ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने पीई रेसियो १३.६१ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १६१.६ रुपैयाँ रहेको छ।

यता समीक्षा अवधिसम्म बैंकको खराब कर्जा अनुपात (एनपीएल) घटेर ४.२५ प्रतिशतमा पुगेको छ भने बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) बढेर १६.७३ रुपैयाँ कायम भएको छ।

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै