सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौँ। सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो।

बैंकका संस्थापक सेयरधनी मनोहर त्रिपाठीले आफ्नो नाममा रहेको ३० हजार कित्ता सेयर बिक्रीमा राखिएको छ।

सेयर खरिद गर्न ईच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशति भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

यस अवधिभित्र आफूले खरीद गर्न चाहेको शेयर विवरण खुलाई काठमाडौंको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्