ग्रिन डेभलपमेन्ट बैंकको साधारण सभा पुस ३० गते

काठमाडौँ। ग्रिन डेभलपमेन्ट बैंकले साधारण सभा बोलाएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो ।

बैंकको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले पुस ३० गते सिटि स्क्वायर व्याङ्क्वेट न्युरोड पोखरा ०८ मा १३ औं वार्षिक साधारण सभा बोलाएको हो । सभा ९ बजेदेखि सुरु हुनेछ ।

सभाबाट हाल कायम चुक्ता पूँजीको ८.०३९ प्रतिशत बोनश सेयर र ०.४२ प्रतिशत (कर प्रयोजनसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव बैंकले पारित गर्नेछ ।साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले पुस १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै