काठमाडौँ। कृषि विकास बैंक लिमिटेडले अवार्ड लिने नाममा अवार्ड दिने संस्थाकै पदाधिकारीसँग स्वार्थपूर्ण लेनदेन गरेको पाइएको छ । उत्कृष्ट वित्तीय विवरण बनाएवापत आइक्यानबाट अवार्ड लिन बैंकले आइक्यानकै पार्सद अमन उप्रेतीलाई सो विवरण बनाईदिने नाममा लाखौँ रकम भुक्तानी गरेको पाइएको हो ।
यसलाई धेरैले सिधा अवार्डको किनबेचसमेत भनेका छन् । बैंकलाई अवार्ड दिलाईदिने नाममा कम्पनीका इन्टरनल अडिटरसमेत रहेका अमन उप्रेतीले स्वार्थपूर्ण लेनदेन गरेको भन्दै आइक्यानमा उप्रेती विरुद्ध कार्वाहिको मागसहित उजुरी परेको छ ।
अवार्ड दिलाउने ठेक्का लिएको भान हुनेगरी कारोबार भएको भन्दै उप्रेतीविरुद्ध कारवाहीको मागसहित उजुरी परेको हो ।


