DISH HOME

कुमारी बैंकले सेयरधनीहरूलाई लाभांश नदिने !

काठमाडौँ। कुमारी बैंकले सेयरधनीहरूलाई लाभांश नदिने भएको छ। बैंकले गत वर्ष आर्थिक वर्ष २०८१-८२ को मुनाफाबाट लाभांश नदिने निर्णय गरेसँगै सेयरधनीहरुको हात खाली हुने भएको हो।

कम्पनीको कात्तिक २६ गते बसेको संचालक समितिको बैठकले शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने प्रस्ताव गरेको छ। बैंकको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने र सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंक पठाउन निर्णय गरेको गरेको हाे।

कुमारी बैंकले आर्थिक वर्ष २०७८-७९ यता लाभांश वितरण गरेको छैन। सो आर्थिक वर्ष बैंकले १२.५० प्रतिशत लाभांश दिएको थियो। बैंकले त्यसयता लगातार आव २०७९-८०, २०८०-८१ मा लाभांश नदिएको बैंकले गत आव २०८१-८२ को पनि लाभांश नदिने भएको हो।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै