prabhu

नेपाल एसबिआई बैंकले पायो पाँच वटा अन्तराष्ट्रिय अवार्ड

काठमाडौँ। नेपाल एसबिआई बैंकले पाँच वटा अन्तराष्ट्रिय अवार्ड पाएको छ । बैंक एशियन बैंकिङ एण्ड फाइनान्स (एबीएफ) सिंगापुर र क्यापिटल फाइनान्स इन्टरनेशनल, लन्डनबाट सम्मानित भएको हो ।

एबीएफले बैंकलाई ४ वटा अवार्डबाट सम्मान गरेको छ । जसमध्ये नेपाल डोमेस्टिक डिजिटल ट्रान्सफर्मेसन बैंक अफ द इयर, नेपाल डोमेस्टिक टेक्नोलोजी एण्ड अपरेसन बैंक अफ द इयर, डिजिटल बिजनेस बैंकिङ इनिसिएटिभ अफ द इयर-नेपाल र  एसएमई बैंक अफ द इयर-नेपाल अवार्ड हुन् ।

बैंकिङ क्षेत्रमा उत्कृष्टता र नवीन सेवा प्रदान गरेको भन्दै २०२५ को लागि एसियन बैंकिङ एण्ड फाइनान्सले यी अवार्डबाट बैंकलाई सम्मान गरेको हो । त्यस्तै, क्यापिटल फाइनान्स इन्टरनेशनलले एसबिआई बैंकलाई च्याम्पियन इन मोडर्न बैंकिङ इनोभेसन नेपाल २०२५ बाट सम्मान गरेको हो ।

सो अवार्डले डिजिटल एकीकरण र ग्राहक-केन्द्रित नवप्रवर्तनप्रति बैंकको प्रतिबद्धतालाई मान्यता दिने जनाइएको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै