काठमाडौँ। नेपाल एसबिआई बैंकले लाभांश दिने भएको छ। बैंकले आर्थिक वर्ष २०८२/८३ को लाभांश दिने भएको हो ।
बैंक सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ११ अर्ब ३३ करोड ५१ लाख २४ हजार ३९०.७२ रुपैयाँको कुल ८.२५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
जसमा ३.४० प्रतिशत बोनस शेयर र ४.८५ प्रतिशत नगद लाभांश रहेको छ ।




