DISH HOME

प्राइम कमर्सियल बैंकद्वारा संस्थापक सेयर बिक्रीमा

काठमाडौं । प्राइम कमर्सियल बैंकले आफ्ना विद्यमान संस्थापक सेयरधनीहरूलाई लक्षित गर्दै संस्थापक सेयर बिक्री खुला गरेको छ। बैंकको साउन ११ गते बसेको ५३७ औं सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो।

सेयर खरिदमा इच्छुक संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको मितिबाट ३५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा सम्पर्क गरी आवेदन दिन सक्नेछन्।

तोकेको समयसीमाभित्र आवेदन नआएमा उक्त सेयर सर्वसाधारणमा बिक्री गरिने बैंकले जनाएको छ। यद्यपि, बिक्रीमा ल्याइएको सेयरको संख्याबारे भने खुलाइएको छैन।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै