प्रभु बैंकले एउटै व्यक्तिका एकभन्दा बढी खाता बन्द गर्ने

काठमाडौं  । प्रभु बैंकले एउटै व्यक्तिको नाममा रहेका एकभन्दा बढी समान प्रकृतिका खाता तथा कार्ड (डेबिट वा क्रेडिट) बन्द गर्ने निर्णय गरेको छ।

नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार, कुनै पनि प्राकृतिक व्यक्तिले स्वदेशी मुद्रामा एउटै प्रकृतिका एकभन्दा बढी खाता खोल्न नपाउने प्रावधान छ । सोही आधारमा प्रभु बैंकले आवश्यक प्रक्रिया अघि बढाएको हो ।

बैंकले यस्ता खातासम्बन्धी आवश्यक समायोजन गर्न ग्राहकहरूलाई असोज ३१ गतेभित्र आफूलाई पायक पर्ने शाखामा सम्पर्क गर्न आग्रह गरेको छ। तोकिएको म्यादभित्र सम्पर्क नगरेका ग्राहकका दोहोरो खाता तथा कार्डहरू बैंकको नियमानुसार बन्द गरिने जनाएको छ। यस प्रक्रियापछि सम्बन्धित व्यक्तिको एक मात्रै खाता कायम रहने बैंकले स्पष्ट पारेको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्