PRABHU BANK

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ग्राहकहरूलाई हार्ड रक क्याफेमा १० प्रतिशतसम्म छुट

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ग्राहकहरूले हार्ड रक क्याफेमा विशेष छुट पाउने भएका छन् । बैंकका ग्राहकहरूलाई हार्ड रक क्याफेमा १० प्रतिशतसम्म छुट हुने भएको हो ।

बैंक र हार्ड रक क्याफे, काठमाडौँबीच भएको सम्झौतामा एनआईएमबीका ग्राहकहरूलाई फुड एण्ड बेभरेज (नन अल्कोहोलिक) मा विशेष छुट दिने भएको छ ।

बैंकका अनुसार छुट लिनका लागि ग्राहकले एनआईएमबी डेबिट-क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट एप (मोबाइल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्ने छ ।

बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल माध्यम प्रयोगगरी भुक्तानी प्रोत्साहन गर्न विभिन्न छुट तथा सुविधाहरू दिँदै आइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै

development bank
commercial bank