PRABHU BANK

१३ सयभन्दा बढी यात्रीको सहभागितामा तेस्रो सांग्रिला साइकल र्‍याली सम्पन्न

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकद्वारा आयोजित तेस्रो सांग्रिला साइकल र्‍याली सम्पन्न भएको छ । शनिवार सांग्रिला डेभलपमेन्ट बैंकले विश्व वातावरण दिवसको सन्दर्भमा काठमाडौँमा आयोजना गरेको साइकल र्‍याली नक्सालको सानो गौचरणबाट सुरु भएर शहरका विभिन्न स्थानसहित १० किलोमिटर घुमेर पुन: सानो गौचरणमा आएर समापन भएको हो ।

‘इन्धन बचाऔं, वातावरण जोगाऔं, हरित विश्वका लागि प्याडल चलाऔं’ भन्ने मुल नाराका साथ सम्पन्न साइकल र्यालीले वातावरण जोगाउन सहयोग पुग्ने आयोजकको दाबी छ ।

डेभलपमेन्ट बैंकर्सएशोसिएसन नेपाल, बिवाइडी, एफ वान सफ्ट, फोन पे लगायतका संघ संस्थाको सहकार्यमा गरिएको उक्त र्यालीमा करिब १३ सयभन्दा बढी साइकल यात्रीहरु सहभागी रहेका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै