PRABHU BANK

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिनुपर्ने

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा रहेको छ । बैंकले ६ जना संस्थापक सेयरधनीहरूका नाममा रहेको १ लाख ६८ हजार १ सय ९१ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

यस सेयरमा हाल बैंकका विद्यमान संस्थापक सेयरधनीहरले मात्रै खरिद आवेदन दिन पाउनेछन् भने सेयर खरिद गर्न इच्छुक संस्थापकहरूलाई आवश्यक कागजात सहित ३५ दिनभित्र लाजिम्पाटस्थित बैंकको सेयर शाखामा निवेदन दिनुपर्नेछ ।

बैंकले तोकिएको समयभित्र संस्थापक घरधनीहरुबाट खरिद आवेदन नपरेमा सो सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै