prabhu

नेपाल एसबीआई बैंकका ग्राहकहरुले स्काईवाक टिकटमा २० प्रतिशतसम्म छुट पाउने

काठमाडौं। नेपाल एसबिआई बैंक र वन्डर्स नेपालबीच बैंकका ग्राहकलाई स्काईवाक टिकटमा २० प्रतिशतसम्म छुट दिने बारे सम्झौता भएको छ । बैंक र स्काईवाक बिच सम्पूर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरूलाई लक्षित गरी स्काईवाकको टिकटमा २० प्रतिशतसम्म छुट दिने सम्झौता भएको हो ।

उक्त सम्झौतामा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत राजेश कुमार र वन्डर्स नेपाल प्रा.लि का प्रमुख कार्यकारी अधिकृत कविन्द्र प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

सम्झौता कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमख कार्यकारी अधिकृत श्री दीपक कुमार दे, प्रमख सञ्चालन अधिकृत यादवेंद्र कांत, प्रमुख व्यवसाय प्रबन्धन अधिकृत रितेश अर्याल, बागमती प्रदेशका प्रमुख श्री बिनोद कुमार ढुंगेल र बैंक तथा वन्डर्स नेपाल प्रा. लि.का अन्य वरिष्ठ अधिकारीहरूको उपस्थितिमा सम्पन्न भएको हो ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै