prabhu

एनआईसी एशियाद्वारा कर्जा सम्बन्धी छुट योजना सार्वजनिक

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले कर्जा ग्राहकहरूलाई प्रदान गरिने छुट सम्बन्धी योजना सार्वजनिक गरेको छ । आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरूमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्‍याउन भन्दै बैंकले छुट सम्बन्धी योजना सार्वजनिक गरेको हो ।

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको बैंकले गत चैत्र मसान्तसम्ममा भाखा नाघेका कर्जाहरूको हकमा सम्बन्धित ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ जेठ महिना भित्रमा चुक्ता भुक्तान गरेमा जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट हुनेछ । साधारण बक्यौता ब्याज रकममा छुट प्रदान गर्ने योजना ल्याएको छ ।

बैंकका अनुसार ९१ दिनदेखि १८० दिन भाखा नाघेका भए १५ प्रतिशत छुट हुनेछ भने १८१ दिनदेखि ३६५ दिन भाखा नाघेको समयावधि छ भने उसले २५ प्रतिशत छुट पाउने छ भने ३६५ दिनभन्दा बढी भाखा नाघेका ऋणीले ३५ प्रतिशत छुट पाउने बैंकले जनाएको छ ।

मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालू पुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा परेका ग्राहकहरूले यस योजनामा सहभागी भई लाभ लिन सक्ने पनि बैंकले जनाएको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै