National

राष्ट्रिय वाणिज्य बैंकको कामु सीइओमा देवेन्द्रमणि खनाल नियुक्त, सीइओ बन्न पनि दौडधुप जारी

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकको कामु सीइओमा देवेन्द्रमणि खनाल नियुक्त भएका छन् । खनाललाई बिहीबारबाट लागू हुनेगरी सीइओको जिम्मेवारी दिइएको हो ।

किरणकुमार श्रेष्ठको कार्यकाल सकिएसँगै रिक्त रहेको सो पदमा देवेन्द्रमणि खनाल नियुक्त भएका हुन् ।

बैंक व्यवस्थापनको तर्फबाट बुधबार एक समारोहका बीच प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई बैंकबाट बिदाई गरिएको थियो ।

८ बर्ष अघि बैंकको सिइओका रुपमा नियुक्त भएका श्रेष्ठ त्यसको ४ बर्षको कार्यकाल सकिएपछि पनि बैंकको सिइओ पदमा पुन:नियुक्त भएका थिए । बैंकबाट बिदा हुँदै उनले आफ्नो कार्यकालभरी साथ दिने सबैलाई धन्यवाद दिएका छन् । बिदाई कार्यक्रममा बोल्दै सिइओ श्रेष्ठले आफुलाई सहयोग गर्ने सबैलाई धन्यवाद भन्दै आफुले बैंकका साथीहरुलाई सधैँ सम्झिरहने बताएका छन् ।

उनको बिदाईसँगै अब बैंकको नयाँ सिइओ नियुक्तिको प्रक्रिया सुरु हुनेछ । अवको सिइओका रुपमा भुपेन्द्र पाण्डेलाई बैंकमा नियुक्त गर्न श्रेष्ठ नै लागिपरेको चर्चा बैंकमा छ । यध्यपी बैंकका डेपुटी सिइओद्वय पनि प्रमुख कार्यकारी अधिकृत बन्न दौडधुपमा लागेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै