prabhu

कारलाई इटिएस गर्न एनआईसी एशिया बैंकद्धारा ग्राहकलाई प्यान अद्यावधिक गर्न आह्वान, नगरे के हुन्छ ?

काठमाडौँ । एनआईसी एशिया बैंकले ग्राहकहरुलाई आफ्नो प्यान अद्यावधिक गर्न आह्वान गरेको छ । बैंकले एक सुचना जारी गर्दै आफ्ना ग्राहकहरुलाई छिटो भन्दा छिटो प्यान अद्यावधिक गर्न आह्वान गरेको हो ।

बैंकका अनुसार ग्राहकहरुले अनलाइनमार्फत पनि आफ्नो प्यानको अद्यावधिक गर्न सक्नेछन् ।

बैंकले ग्राहकहरुको खाताबाट गरिएको करकट्टीको विवरण आयकर प्यान प्रणालीमा आबद्ध गर्नुपर्ने हुँदा छिटो भन्दा छिटो अद्यावधिक गर्न आग्रह गरेको हो ।

सूचनामा भनिएको छ, ‘निक्षेपकर्ताको ब्याज भुक्तानीबापत काटिएको करलाई ई-टीडीएस रेकर्डमा जनाउनका लागि प्यान अत्यावश्यक छ । ग्राहकबाट प्यान अद्यावधिक भएपश्चात निजहको करकट्टीको विवरण (ई-टीडीएस) सो नम्बरमा प्रविष्ट हुने हुँदा आयकरको प्रणालीले स्वचालित रुपमा अनुसूची १० मा करकट्टीको विवरण मिलान गर्दछ ।’

प्यान अपडेट नगरे सम्बन्धित खातामा करवापतको रकम जम्मा नहुन सक्छ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै