National

७० करोड बढी हालेर बिशालनगरमा ५ रोपनी जग्गा किन्दै ज्योति विकास बैंक, उद्देश्य बैंकको आफ्नै भवन निर्माण

काठमाडौँ । ज्योति विकास बैंकले ७० करोड रुपैयाँ बढी हालेर बिशालनगरमा ५ रोपनी जग्गा किन्ने भएको छ । बैंकको प्रधान कार्यलय निर्माण गर्नका लागि बैंकले काठमाडौँ महानगरको विशालनगरमा जग्गा किन्ने भएको हो ।

बैंकको मंगलबार बसेको संचालक समितिको बैठकले जग्गा किन्ने निर्णय गरेको जनाइएको छ ।

अब बैंकले कार्यलय निर्माण गर्नका लगि विशालनगरको २६२०.२६ वर्ग मिटरको जग्गा किन्नेछ । बैंकले प्रति आना ९७ लाख रुपैयाँमा उक्त जग्गा किन्न लागेको हो ।

ज्योति विकास बैंकले ५ रोपनी २ आना १ पैसा बराबरको क्षेत्रफल हुन आउने जग्गा किन्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै