National

कृषि विकास बैंकको सबै शाखा कार्यलय सार्वजनिक बिदाको दिन पनि खुला

काठमाडौँ । कृषि विकास बैंकको सबै शाखा कार्यलय सार्वजनिक बिदाको दिन पनि खुला रहेको छ । इदको अवसरमा सरकारले बिदा दिए पनि बैंकले आफन ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै बैंकिङ सेवा दिइरहेको हो ।

बैंकले सुचना जारी गर्दै सार्वजनिक बिदाको दिनमा पनि सबै शाखा कार्यलयहरु खुला रहेको जनाएको छ ।

बैंकको शाखा कार्यलयहरु बिहान १० बजेदेखि ५ बजेसम्म खुला रहने बैंकले जारी गरेको सुचनामा उल्लेख छ । आज अन्य बैंकहरुले पनि सार्वजनिक विदाको दिन आफ्ना शाखा कार्यलयहरु संचालन गरिरहेका छन् ।

त्यस्तै, कृषि विकास बैंकको रामशाहपथ, महाराजगंज, कोटेश्वर, स्वयम्भु, मंगलबजार, कालीमाटी, दुधपाटी र गठ्ठाघरलगायतका शाखा कार्यलयहरुले बैंकिङ सेवा दिइरहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै