National

आज बैंक तथा वित्तीय संस्थाको नियमित कारोबार बन्द 

काठमाडौँ । घोडेजात्रा तथा तमु ल्होसारको दिन सार्वजनिक बिदा परेसँगै आज बैंक तथा वित्तीय संस्थाका नियमित कारोबार बन्द भएका छन् ।  सरकारले सार्वजनिक विदा दिएकाले आज बैंकहरुको नियमित कारोबार बन्द भएको हो ।
विभिन्न बैंकहरुले होलिडे काउन्टर भने खुला राखेका छन् । बैंकहरुको नियमित कारोबार अव सोमबार खुल्नेछ । बैंक तथा वित्तीय संस्थाहरुलाई अत्यावश्यक सेवा मानिने भएकाले पनि आज बैंक तथा वित्तीय संस्थाका विभिन्न शाखाहरु भने खुल्ने भएका हुन् ।
बैंकको नियमित कारोबार नखुल्ने भएकाले बैंकहरुले एटिएममा भने पैसा भरेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै