National

एनआईसी एशिया बैंकबाट फेरि एकै दिन २४ अर्व रुपैयाँ निक्षेप बाहिरियो

काठमाडौँ । सरकारले स्थानीय तहको रकम निक्षेपमा गणना गर्न नपाउने नियम ल्याएपछि बैंकहरुबाट ठुलो मात्रामा निक्षेप बाहिरिएको छ । यसैबीच एनआईसी एशिया बैंकबाट मात्रै करिव २४ अर्व रुपियाँ निक्षेप बाहिरिएको छ ।
एनआईसी एशिया बैंकले २३ अर्ब ८९ करोड ४९ लाख रुपैयाँ स्थानीय तहको पैसालाई निक्षेपमा गणना गर्दै आएको थियो । यसअघि पनि बैंक डुब्ने हल्लाका बीच १५ दिनको अवधिमै ३० अर्व हाराहारी निक्षेप बाहिरिएको बैंकमा सरकारको निर्णयसँगै एक दिनमै २४ अर्व बाहिरिँदा बैंकलाई तरलता व्यवस्थापनमा गाह्रो परेको पाइएको छ ।
यसअघि बैंकहरुले निःशुल्क रुपमा स्थानीय तहको सो रकम राखेर निक्षेपमा गणना गर्दै आएका थिए । यहि गणनाका लागि बैंकहरुको स्थानीय तहमा विस्तारित काउन्टर सेवा दिने होडबाजी नै चलेको थियो । स्थानीय तहको रकम निक्षेपमा गणना गर्न पाउँदा बैंकहरुले अनिवार्य कायम गर्नुपर्ने मौज्दाद रकम कायम गर्न पनि सहज भएको थियो ।
यसो त एनआईसी एशिया बैंकमात्र होइन, सरकारको यो निर्णयले अन्य केहि बैंक पनि प्रभावित भएका छन् । तर बैंकमा तरलताको समस्या नहुँदा अरु बैंकहरुलाई यो निर्णयले त्यति ठुलो असर नगरे पनि एनआईसी एशिया बैंक भने एकातर्फ ठुलो परिमाणमा पैसा बाहिरिनु, र स्थानीय तहमा गरिएको लगानी पनि विना कामको हुनुले अन्य बैंकको तुलनामा बढी नै प्रभावित हुने बैंकरहरु बताउँछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै