PRABHU BANK

मोबाइल बैंकिङ र इन्टरनेट बैकिङबाट हुने ठगीबाट कसरी जोगिने ? बैंकर मनोज ज्ञवालीका ७ टिप्स

मोवाईल बैंकिङ र इन्टरनेट बैकिङले बैकिङलाई २४ घण्टा ग्राहकको हातमै बैकिङ सेवा दिन सम्भव बनाएको छ । तर, केही समययता मोबाइल बैकिङ वा इन्टरनेट बैकिङ मार्फत ठगी/चोरीका घटना बढेका छन्। कुनै अपरिचित नम्बरबाट फोन आउँछ र फोन गर्ने ब्याक्तिले म बैंकको कर्मचारी (नामसहित) भनेर परिचय दिन्छ र बिस्तारै ग्राहकको खाता सम्बन्धित विवरण माग्न थाल्दछ ।

ग्राहकले पनि बैंकबाट आएको फोन भनेर बिस्तारै आफ्नो खाता तथा अन्य विवरण फोन गर्ने मान्छेलाई भन्दै जान्छ । Transaction password र OTP समेत बैकले तपाइको खाता वा अरु कुरामा अपरेटिङ गर्दैछ भनेर शेयर गर्न लगाउँछ । तत्काल खाताबाट पैसा डेबिट हुन्छ अनि आत्तिएर बैकमा खबर गर्नु पहिले नै ठगले पैसा अन्यत्र खाताहरू तथा mobile wallet मा पठाइसकेको हुन्छ भने कतिपय अवस्थामा तत्काल नगद रकम निकाली सक्दछ ।

यो क्रम दिनहुँ बढ्दै गइरहेको छ। यसर्थ बैकिङ्ग कारोबार गर्ने ग्राहकहरूले निम्न कुरा बुझ्न जरुरी छ:

१.बैंकको कर्मचारीले यहांहरुको खाता सम्बन्धित र अन्य विवरण फोन गरेर कहिल्यै माग्दैनन् । यहाँको विवरण बैंक मै हुन्छ ।

२. कुनै पनि मान्छेलाई ( आफन्त समेतलाई) आफ्नो मोबाइल बैकिङ वा इन्टरनेट बैकिङ को Password र pin कहिल्यै share नगर्नुस। कुनै कारणबस गरिहाल्नु परेमा तत्काल परिवर्तन गर्नुहोस् ।

३. Sharing basis मा laptop वा desktop चलाउनुहुन्छ र सोही device बाट इन्टरनेट बैकिङ वा IPS connect चलाई राख्नुहुन्छ भने username र password कहिल्यै device मा save नगर्नुस् ।

४. कुनै ब्यक्तिले यसरी तपाइको खाता सम्बन्धित विवरणहरू शङ्कास्पद हिसाबले मागेका होसियार हुन्छ र कुनै विवरण शेयर नगर्नुस्। उक्त फोन नं र अन्य विवरण सम्बन्धित बैकमा जानकारी गराउनुहोस् ।

५. तपाईलाई lottery वा चिट्ठा पर्यो हामी पैसा पठाईदिन्छौँ ।  तपाइको खाताको बिबरण चाहियो भनेर आउने message र email लाई लोभमा परेर जवाफ नचिनुन् । तपाई कहिल्यै खरिद नगरेको lottery कसरी तपाईलाई पर्दछ ?

६.बैंकको कर्मचारीले ग्राहकको खाता संचालन गरी रकमान्तर हुन सक्ने प्रकारका कुनै विवरण माग गर्न मिल्दैन र माग्दैनन् । यसर्थ फोनको भरमा कुनै जानकारी शेयर नगर्नुस् ।

आफूले कुनै भुक्तानी नगरेको अवस्थामा खाताको रकम डेबिट भएको जानकारी SMS मार्फत प्राप्त हुँदा साथ तत्काल बैकमा सम्पर्क गर्नुहोस् ।

खाता सम्बन्धित विवरण, Password र Transction pin शेयर गर्नु भनेको पैसा राखेको money Bag (पैसाको थैली)लाई मेला लागेको चौराहा मा छोडेर हिड्ने जस्तै हो । चोरी हुन्छ । यसर्थ थैलीलाई कसेर दराजमा राखौ र lock गरौँ- चोरी र ठगी बाट बचौँ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै