National

‘आईटी सेक्टरको निर्यात १० खर्ब पुर्याउन सक्छौँ’ : डा. गुणाकर भट्ट, प्रवक्ता, राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकका प्रवक्ता डाक्टर गुणाकर भट्टले आईटी क्षेत्रको निर्यात १० खर्ब पुर्याउन सकिने बताएका छन् । नेपाल व्यवस्थापन संघले गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

अहिले आईटी क्षेत्रको बार्षिक निर्यात १ खर्ब भएको बताउँदै उनले अवको केहि बर्षमा त्यसलाई बढाएर १० खर्ब पुर्याउन सकिने बताएका छन् ।

कार्यक्रममा बोल्दै उनले केहि नीतिगत सुधार गरेर आर्थिक वृद्धि गर्न सकिनेसमेत दाबी गरेका छन् । कार्यक्रममा बोल्दै उनले अहिलेको अवस्थामा अव बृद्धभत्ता पाउन योग्यहरुलाई सुरुमा २ हजार मात्र दिने र पछि मात्र मासिक ४ हजार दिन सुरुवात गरे त्यसले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्नेसमेत दाबी गरेका छन् ।

यता सोहि कार्यक्रममा गभर्नर निलम ढुंगानाले अहिले न्युन ब्याज भएको समयमा त्यसको फाइदा लिन सकिने बताएकी थिइन् भने अर्थमन्त्री बर्षमान पुनले यसपटकको बजेट समाबेसी आउनेसमेत दाबी गरेका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै