National

कृषि विकास बैंकमा मोबाइल एपबाटै बिना धितो कर्जा !

काठमाडौँ । कृषि विकास बैंकले मोबाइल बैंकिङ एपबाटै कर्जा दिने भएको छ । बैंकले बैंकको ‘एडिबिएल स्मार्ट प्लस एप’ बाट कर्जा दिने भएको हो ।

बैंकको यस्तो सुविधा बैंकमा तलबी प्रकारका खाता भएका ग्राहकहरुले मात्रै प्रयोग गर्न सक्ने बैंकले जनाएको छ । यो सुविधा अन्तर्गत योग्यता पुगेका कृषि विकास बैंकका ग्राहकहरुले मोबाइल बैंकिङ एपबाटै बिना धितो २ लाख रुपैयाँसम्म कर्जा लिन पाउनेछन् ।

त्यस्तै, यसरी मोबाइल बैंकिङ एपमार्फत लिएको कर्जाको भुक्तानी पनि मोबाइल बैंकिङ एपमार्फत नै गर्न सकिने बैंकले जनाएको छ । यसरी लिएको कर्जाको अवधि ग्राहकहरुले किस्ताका आधारमा ३, ६, ९ र १२ महिना तयर गर्न सक्नेछन् भने उक्त कर्जा सुविधामा पूर्व भुक्तानीको विकल्पसमेत रहेको छ ।

बैंकले मोबाइल बैंकिङ एपबाटै कर्जा दिने भएपछि कर्जा स्वीकृतिका लागि कागजपत्रको फाइल लिएरै बैंक धाउनुपर्ने बाध्यताको अन्त्य हुने विश्वास गरिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै