National

भारतमा रिजर्भ बैंक अफ इण्डियाद्वारा मौद्रिक नीति सार्वजनिक, ब्याजदर स्थिर रहने, अरु के भए ?

काठमाडौँ । भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डियाले मौद्रिक नीति सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आर्थिक वर्ष २०२४-२५ को पहिलो मौद्रिक नीति सार्वजनिक गर्दै ब्याजदर स्थिर राख्ने निर्णयसमेत गरेको छ ।

मौद्रिक नीति सार्वजनिक गर्दै आरबीआईका गभर्नर शक्तिकान्त दासले आगामी दिनमा बलियो वृद्धिको सम्भावनाले मुद्रास्फीतिमा ध्यान केन्द्रित गर्न र चार प्रतिशतको लक्ष्यमा मुद्रास्फीतिलाई कायम गर्न नीतिगत बल प्रदान गरेको दावी गरेका छन् ।

भारतीय संचार माध्यमहरुका अनुसार सन् २०२२ को मे देखि सन् २०२३ को फेबु्रअरीसम्म २.५ प्रतिशतले बढेको ब्याजदर पछि स्थिर भएको थियो । मौद्रिक निति सार्वजनिक भएपछि सो नितिको मिस्रित प्रतिक्रिया आएको छ । कतिपय जानकारहरुले सो नीतिलाई उत्कृष्ट भनेका छन् भने कतिपयले सो नीतीको आलोचना गरेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै