PRABHU BANK

मन्दीका बेलामा पनि घर कर्जा लिनेहरु किन र कसरी बढे ? ८ महिनामा साँढे ३६ अर्व कर्जा प्रवाह

काठमाडौँ । मन्दीका बेलामा पनि घर कर्जा लिनेहरु बढेका छन् । बैंक तथा वित्तीय संस्थाले व्यक्तिगत आवासीय घरमा ऋण लगानी बढाएसँगै ८ महिनामा २६ अर्ब ३५ करोड रुपैयाँ आवासीय कर्जा प्रवाह भएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको फागुनसम्म बैंक तथा वित्तीय संस्थाले आवासीय कर्जा ३ खर्ब ८४ अर्ब ४७ करोड रुपैयाँ प्रवाह गरेका छन् ।

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत रियल स्टेट कर्जा खुकुलो भएपछि बैंकबाट कर्जा लिएर घरजग्गामा लगानी गर्नेहरु बढेका हुन् । मन्दीको मारमा परेपछि घर जग्गाको भाउ सस्तिएका बेला ब्याज घट्नु र बैंकहरुले पनि सहज रुपमा घरकर्जा प्रदान गर्नेगरी योजना ल्याएपछि घरजग्गामा ऋणीहरुको आर्कषण बढेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै