PRABHU BANK

३२ करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्दै राष्ट्र बैंक, मुक्तिनाथ बिकास बैंक र नारायणी बिकास बैंक ‘अयोग्य’

काठमाडौँ । नेपाल राष्ट्र बैंकले कुल १८८ दिनका लागि ३२ करोड रुपैयाँ मुद्दती निक्षेप राख्ने भएको छ । बैंकले बैंकको उपदान तथा पेन्सन कोषमा रहेको  सो रकम फिक्सड डिपोजिटमा राख्ने भएको हो ।
राष्ट्र बैंकले जारी गरेको सूचना अनुसार बैंकले कुल ३२ करोड रुपैयाँमध्ये क वर्गका वाणिज्य बैंकमा २५ करोड ६० लाख, विकास बैंकहरुमा ४ करोड ८० लाख रुपैयाँ र वित्त कम्पनीहरुमा १ करोड ६० लाख रुपैयाँ निक्षेप राख्नेछ ।
बैंकले निक्षेप राख्नका लागि विभिन्न सर्तहरुसमेत अघि सारेको छ ।
राष्ट्र बैंकले सो रकम राख्ने बैंकको निष्क्रिय कर्जा ५ प्रतिशत भन्दा कम भएको हुनुपर्ने, कर्जा निक्षेप अनुपात निर्धारित सीमा भित्र रहेको हुनुपर्ने, न्यूनतम पूँजीकोष कायम भएको हुनुपर्ने, बैंक तथा वित्तीय संस्था संचालन भएको २ बर्ष पूरा भएको हुनुपर्ने, निकटतम अघिल्लो आर्थिक बर्षमा खुद नाफा रहेको हुनुपर्ने, सर्वसाधारणका लागि छुट्टयाईएको सेयर जारी गरिसकेको हुनुपर्ने, राष्ट्र बैंकले कारवाही भएको संस्था भए सो जरिवाना भुक्तान गरेको ६ महिना पूरा भएको हुनुपर्ने  लगायतका सर्तहरु राखेर निक्षेपका लागि प्रस्ताव आह्वान गरेको छ ।
राष्ट्र बैंकले जारी गरेको सर्तअनुसार केहि समय अघिमात्र कार्वाहीमा परेका बैंक तथा वित्तीय संस्थाहरु राष्ट्र बैंकले राख्ने निक्षेपका लागि अयोग्य देखिएका छन् । राष्ट्र बैंकले केहि समय अघि मात्र नारायणी डेभलपमेन्ट बैंक, मुक्तिनाथ बिकास बैंक लगायतलाई नगद जरिवानासहित कार्वाही गरेको थियो । उनीहरुले सो रकम भुक्तान गरेको ६ महिना पूरा नभएकाले ती बैंकहरुमा यो निक्षेप राख्न नमिल्ने देखिएको छ ।
यद्यपी केहि बैंकहरु बाहेक राष्ट्र बैंकको यो निक्षेपमा अन्यले चासो राखेका छैनन् । बैंकहरुमा पैसा थुप्रिएको अवस्थामा राष्ट्र बैंकको यो निक्षेप राख्ने धेरै बैंकहरुले चासो नदेखाएका हुन् ।
राष्ट्र बैंकले २०८१ वैशाख ३ गतेदेखि २०८१ कार्तिक ३ गतेसम्मका लागि सो निक्षेप राख्ने जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै