PRABHU BANK

सेयर बजारमा बैंकिङ सूचक साँढे ३ बर्ष यताकै तल्लो बिन्दुमा, एनआईसीको सेयर भाउ १ बर्ष यताकै सस्तो

काठमाडौँ । सेयर बजारमा बैंकिङ सूचक १०५० अंकमा झरेको छ । ओभर सप्लाई, र बैंकको खराब स्थिति र बैंकहरुले लाभांश नदिने ट्रेण्डका कारण बजारमा बैंकिङ सूचक ओर्लिएको हो । अहिले देखिएको १०५० बिन्दु ४५ महिना यताकै सबैभन्दा तल्लो बिन्दु हो । १५ असार २०७७ मा बैंकिङ सूचक १०१६ अंकमा थियो भने त्यसको केहि समयपछि सूचक १०५० हाराहारी बिन्दुमा पुगेको थियो ।

यसैबीच केहि बैंकहरुको सेयर मूल्य ५२ साताकै न्यून बिन्दुमा आइपुगेको छ । अझ, कतिपय बैंकको सेयर मूल्य त प्रति सेयर नेटवर्थ भन्दा पनि तल झरेको छ ।

बैंकिङका लिडरका रुपमा लिईएका एनआईसी एशिया बैंक, नबिल बैंक लगायतका सेयर मूल्य पनि घटेको छ । एनआईसी एशिया बैंकको सेयर भाउ त ५२ हप्ताकै न्युन बिन्दुमा आईपुगेको छ । एनआईसी एशिया बैंकको सेयर मूल्य बिहिबारको बजार बन्द हुँदासम्म ३९८ रुपैयाँ छ, जुन १ बर्ष यताकै न्युन बिन्दु हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै