काठमाडौँ । मेडिकल कलेजको लाइसेन्स पाउनेगरी अदालतको फैसला आएपछि व्यवसायी दुर्गा प्रसाईंलाई थप डेढ अर्व ऋण दिन बैंकहरु तयार भएका छन् । प्रसाईंसँगको छलफलपछि बैंकहरु ऋण थप्न तयार भएका हुन् ।
अदालतले उनको बिएण्डसी मेडिकल कलेजलाई लाइसेन्स दिन आदेश दिएसँगै उनी काठमाडौँ आएर बैंकका सीइओहरुसँग भेटघाटमा व्यस्त थिए । बैंकहरुले पनि उनलाई थप ऋण लगानी गर्न तयार भएको बताएपछि उनी प्रक्रियागत काममा लागेका छन् ।
प्रसाईंले आफुलाई ऋण थप गरिदिन आग्रह गर्दै ग्लोबल आइएमई, नबिल बैंक लगायतका बैंकका सीइओहरुसँग छलफल गरेका थिए ।
‘सर्वोच्चको पूर्णपाठ आउने बित्तिकै ऋण प्रवाह हुन्छ ।’ एक बैंकका सीइओले भने- ‘अव पनि उनलाई ऋण दिईएन भने प्रसाईं सरमाथि अन्याय हुन्छ । उनलाई ऋण नथपे, उनले यस अघि लिएको ऋण उठ्दै उठ्दैन ।’