PRABHU BANK

मितेरी डेभलपमेन्ट बैंकको संस्थापक शेयर विक्रीमा

Miteri Development Bank
  • बैंकिङ संसार
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले आजदेखि संस्थापक शेयर ७२ हजार ८९८ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । राजीव भट्टराईको नाममा रहेको ४३ हजार ७४० कित्ता र अनिल अग्रवालको नाममा रहेको २९ हजार १५८ कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो । कम्पनीले सेयरको मूल्य भने उल्लेख गरेको छैन ।
संस्थापक सेयर खरिद गर्न इच्छुक हाल कायम रहेका कम्पनीका संस्थापक सेयरधनीले यो सूचना प्रकाशित भएको आजको मितिले ३५ दिनभित्र आवश्यक कागजात, प्रमाण संलग्न गरी के-कति कित्ता लिने हो सो खुलाइ कम्पनीको केन्द्रीय कार्यालय महेन्द्रपथ धरान, सुनसरी वा शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड कमलादी, काठमाडौंमा आवेदन दिन सक्नेछन् ।
यदि बैंकले तोकेको मितिभित्र कुनै संस्थापक शेयरधनीले आवेदन पेश नगरेमा अन्य व्यक्ति वा संस्थामा उक्त शेयर विक्री गरिने कम्पनीले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै