prabhu

धनगढीबासीलाई खुसीको खबर ! कृषि विकास बैंकको एक्सटेन्सन काउन्टर पुग्यो धनगढीको गेटा आँखा अस्पतालमा

काठमाडौं – कृषि विकास बैंकले कैलाली जिल्लाको गेटा आँखा अस्पताल धनगढीमा एक्सटेन्सन काउन्टरको शुभारम्भ गरेको छ । एक्सटेन्सन काउन्टरको उद्घाटन विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय, अस्पतालका निर्देशक डा.सुरेश कुमार पन्त र नेपाल नेत्रज्योती संगका उपाध्यक्ष चक्र बहादुर सिंहले संयूक्त रुपमा गरे ।
कृषि विकास बैंकले प्रदान गर्ने सेवा सुविधा तथा बैंककोको बारेमा जानकारी गराउंदै यस अस्पतालमा आउने विरामी र आफन्तहरुका लागि एटिएम,एसएमएस,मोवाईल बैंकिङ्ग सुविधा लगायत स्मार्ट बैकिङ्ग सेवाहरु सहजरुपमा उपलव्ध हुने बताउँदै, ग्राहकको चाहना अनुसार बैंकले आफ्ना सेवाहरुमा गुणस्तरीयताका साथ अभिवृद्धि गर्दै लग्ने विषयमा बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले जानकारी दिए ।
कृषि विकास बैंकका क्षेत्रिय कार्यालय धनगढीका निर्देशक हरिश्चन्द्र यादवले बैंकले अबका दिनमा अस्पतालमा आउने विरामी, आफन्त र कार्यरत कर्मचारीहरुलाई उपलव्ध गराउन सक्ने बैंकिङ्ग सेवाका बारेमा प्रकाश पारे ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै