DISH HOME

प्रभु बैंकको ५ वटा नयाँ एक्स्टेन्सन काउण्टर सञ्चालनमा

 Prabhu Bank
  • बैंकिङ संसार डटकम 
काठमाडौं – नेपाल भारत सीमामा रहेका ५ वटा भन्सार कार्यालयहरुमा बैंकिङ्ग सेवा उपलब्ध गराउने लक्ष्य सहित प्रभु बैंकले नयाँ एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको छ । सर्लाही जिल्ला स्थित सर्लाही भन्सार, सिराहा जिल्लास्थित माडर भन्सार, रौतहट जिल्लास्थित गौर भन्सार, सप्तरी जिल्लास्थित राजविराज भन्सार र धनुषा जिल्लाको जनकपुरस्थित जटही छोटी भन्सार कार्यालयमा उक्त एक्सटेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको हो ।
नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदारको रुपमा रहेको छिमेकी राष्ट्र भारतसँगको सिमानामा सञ्चालनमा आएका बैंकका एक्स्टेन्सन काउण्टरहरुको सेवाबाट सम्बन्धित भन्सार कार्यालयहरुको स्तरोन्नती हुनेछ ।
साथै, उक्त क्षेत्रमा आयात निर्यातको क्रियाकलापहरुमा बढोत्तरी हुन गई राजश्व संकलनको आंकाडामा वृद्धि हुन जाने तथा स्थानीय सेवाग्राही तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् भन्ने बैंकले विश्वास लिएको छ ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै