- बैंकिङ संसार
काठमाडौँ – झन्डै ३७ करोड छली भएको भन्दै एनआइसी एशिया बैंकविरुद्ध राजश्व अनुसन्धान विभागमा उजुरी परेको छ । आर्थिक बर्ष ०७३/७४ मा सो बैंकले कुल ६७,४९,५५,८०,०००।- कर्जा प्रवाह भएकोमा नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार अनिवार्य रुपमा ५ प्रतिशत विपन्न बर्गमा लगानी गर्नुपर्नेमा सो नगरी ठुलो मात्रामा राजश्व छली भएको भन्दै बैंकविरुद्ध उजुरी परेको हो ।
बैंक विरुद्ध राजश्व अनुसन्धान विभागमा दर्ता नम्बर १५० अन्तर्गत उजुरी परेको विभागका महानिर्देशक दिर्घराज मैनालीले पुष्टि गरे । यस विषयमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ । पछिल्लो समय बैंकभित्र अनेकौँ काण्डहरु आइरहेका बेला यो प्रकरणले पनि बैंकिङ बजार तताउने देखिएको छ । यता बैंक भने यो काण्डलाई भित्र भित्रै मिलाउन खोजिरहेको समेत बुझिन आएको छ ।