PRABHU BANK

जगेडा कोष ४१.७०% ले बढाएको साना किसान विकास लघुवित्त वित्तीय संस्थाको खुद नाफा कति ?

sana kisan bikash laghubitta
  • बैंकिङ संसार 
काठमाडौं – साना किसान विकास लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६ को चौथौ त्रैमासमा ४९ करोड १० लाख २४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा २४.९२% ले धेरै हो । गत वर्षको यहि अवधिमा संस्थाले ३९ करोड ३० लाख ६३ हजार रुपैयाँ मात्र नाफा आर्जन गरेको थियो ।
बैंकले यस अवधिसम्म आइपुग्दा २० अर्ब ४५ करोड रुपैयाँ ऋण प्रवाह गरेको छ । यस्तै संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः २२.३५% र २४.९९% ले वृद्धि  भएको छ । बैंकको प्रतिसेयर आम्दानी ६२ रुपैयाँ ४७ पैसा छ भने प्रतिसेयर नेटवर्थ ३१३ रुपैयाँ ५६ पैसा रहेको छ । 
संस्थाले जगेडा कोषमा अघिल्लो वर्षको तुलनामा ४१.७०% ले बढाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै