PRABHU BANK

अप्रेशन एनबि बैंक-१ : नौ करोड ९० लाखको केस मिलाउन सीइओको दौडधुप, सञ्चालकलाई फसाएर उम्किने दाउ ?

 nepal bangladesh bank
काठमाडौँ । नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत अहिले एउटा केस मिलाउन चौतर्फी धाइरेहका छन् । झन्डै डेढ करोड भ्यालुएसन भएको धितो राखेर ९ करोड ९० लाख रुपैयाँ कर्जा दिएको पाइएपछि राष्ट्र बैंकले उनी र बैंकका एक संचालकलाई स्पष्टीकरण सोधेको थियो । संचालकले आफुलाई फसाउन खोजेको भन्दै सत्य कुरा के हुन् भनी उल्लेख गरिएको स्पष्टीकरण राष्ट्र बैंकमा पेश गरिसकेका छन् भने ढुंगानाको स्पष्टीकरण भने राष्ट्र बैंकले आफुलाई चित्त नबुझेको भन्दै थप अनुसन्धान थालेको छ ।
नेपाल बंगलादेश बैंकले पार्थ इन्टरनेशनललाई दिएको ९ करोड ९० लाख रुपैयाँ दिइएको कर्जा शंकास्पद पाईएपछी राष्ट्र बैंकले यो कर्जालाई ‘प्रोभिजनिङ’ गर्न भनिसकेको छ ।  २०७५ असार २१ गते रेशु अग्रवालले पार्थ इन्टरनेशनल नामको प्राइभेट फर्म दर्ता गरिएको, फर्म दर्ता भएको दुई दिनपछि नै पार्थ इन्टरनेशनलले ०७५ साल असार २३ गते नेपाल बंगलादेश बैंकमा कर्जाका लागि आवेदन दिएको र त्यसको केहि दिन लगत्तै कर्जा दिएको पाइएपछि राष्ट्र बैंक यस विषयमा अनुसन्धान गर्न तातेको हो ।  त्यसमा पनि असार मसान्त अर्थात आर्थिक बर्षको अन्तिम दिन कर्जा दिएको पाइएपछि सो कर्जामाथि राष्ट्र बैंकको नजर परेको हो ।
संचालकलाइ फसाएर उम्किने दाउ ?
यसो त सीइओ ढुंगानाले बैंकका संचालक दीपक कार्कीले ऋणीसँग भएको साझेदारीको विवरण नदिएको बताएका छन् । जवकी ऋणी र दीपक कार्की बीच एक हाइड्रो कम्पनीमा भएको पार्टनरशिपको विषयलाई ढुंगानाले उचालीरहंदा कार्कीसंग भने उक्त हाइड्रोको कुनै पनि सेयर नभएको बुझिएको छ । यसअघि एक जग्गा खरिदको विषयलाई दीपक कार्कीले नोट अफ डिसेन्ट लेखेपछि संचालक कार्की र सीइओ ढुंगानाको सम्बन्ध बिग्रिएको बैंक स्रोत बताउँछ । यसअघि एक रेष्टुरेन्टमा सीइओ ढुंगानाका नजिकका व्यक्तिले कार्कीमाथि हातपाता गरेको खबर सार्वजनिक भएको थियो ।
राष्ट्र बैंकमा भिडियो आतंक, फस्लान् त ढुंगाना ?
यता नेपाल राष्ट्र बैंकमा ज्ञानेन्द्र ढुंगानाका विभिन्न भिडियोहरुबारे चर्चा हुन थालेका छन् । ‘ज्ञानेन्द्रजीले घुस खुवाएको भन्ने एक संचालकले गरेको कुराकानी, मेरियट होटलमा संचालकमाथि भएको कुटपिट लगायतका भिडियोहरु राष्ट्र बैंकका धेरै संचालकले हेरिसकेका छन् । यो केसमा ज्ञानेन्द्रजीमाथि राम्रै अनुसन्धान हुन सक्छ ।’ राष्ट्र बैंकका एक संचालकले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा भने । यता ढुंगाना भने यो केस मिलाएर पुन: बैंकर्स संघको अध्यक्ष बन्ने दाउमा रहेको स्रोतको दावी छ ।
हेर्नुहोस एभीन्यूज टिभीले तयार गरेको सामाग्री     
हेर्नुहोस् न्यूज २४ ले यस सम्बन्धि तयार गरेको सामाग्री
हामी थप सामाग्री लिएर केहि दिनमा उपस्थित हुनेछौँ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै