prabhu

ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको केन्द्रीय कार्यालय पोखरामा !

 green-development-bank
  • बैंकिङ संसार 
काठमाडौं । ग्रीन डेभलपमेण्ट बैंकले कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं ८, सभागृहचोक स्थित केन्द्रीय कार्यालयको औपचारिक रुपमा शुरुवात गरेको छ । गण्डकी प्रदेश सरकारका मुख्य मन्त्री पृथ्वी सुव्वा गुरुङको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रममा नेपाल राष्ट्र वैंक पोखराका निर्देशक, विभिन्न उद्योग वाणिज्य संघका अध्यक्ष तथा प्रतिनिधि, विभिन्न वडा कार्यालयका वडाध्यक्षका साथै विभिन्न निकायका व्यक्तिहरुको उपस्थिति रहेको वैंकका प्रमुख कार्यकारी अधिकृत उमेशकुमार आचार्यले बताए ।
उक्त समारोहमा वोल्दै मुख्य मन्त्री गुरुङले प्रदेश सरकारका निती तथा कार्यक्रममा ग्रीन डेभलपमेण्ट वैंकले योगदान गर्ने विश्वास व्यक्त गरे । राज्यको संघिय सरकार अन्र्तगत पर्ने वैंक तथा वित्तीय संस्थाले प्रदेश सरकारका कार्यक्रमहरुलाई पनी प्राथमिकता दिनुपर्नेमा जोड दिए । वैंकलाई गण्डकी प्रदेशको एकमात्र विकास वैंकको रुपमा विकास हुन शुभकामना दिदै गण्डकी प्रदेश सरकार र ग्रीन डेभलपमेण्ट वैंक विच मित मितको सम्वन्ध कायम भएको समेत वताए ।
उक्त कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डिल्लीराम पोख्रेलले कुल ग्राहस्थ उत्पादनमा योगदान पुर्याउन प्रदेश स्तरका वैंकको उल्लेख्य भुमिका रहने हुँदा स्थानिय पर्यटन र उत्पादनलाई जोड दिनुपर्ने वताए । वैंकका प्रमुख कार्यकारी अधिकृत उमेशकुमार आचार्यले वैंकले वागलुङ जिल्लावाट कास्की जिल्लाको पोखरामा केन्द्रीय कार्यालय स्थानान्तरण गरि वैंकको व्यवसाय वृद्धी सँगै स्थानिय पर्यटन, कृषी तथा स्थानिय उत्पादनसँग सम्वन्धित क्षेत्रमा कर्जा प्रवाह गर्नुका साथै बैंकले अत्याधुनिक वैकिङ सेवाहरु प्रदान गरिरहेको वताए ।
सो कार्यक्रममा डेभलपमेण्ट बैंकर्स एसोसियसनका उपाध्यक्ष तथा गण्डकी विकास वैंकका प्रमुख कार्यकारी अधिकृत रेशम वहादुर थापा, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष वलराम ढकाल लगायतले वैंकलाई शुभकामना प्रदान गरेका थिए । वैंकका अध्यक्ष गणेश कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संचालक प्रकाश कुमार श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
बैंकले हाल कास्की, वाग्लुङ्ग र म्याग्दी जिल्लामा रहेका ११ वटा शाखा कार्यालयहरुवाट विभिन्न किसीमका आधुनिक वैंकिङ्ग सुविधाहरु, मोवाईल वैंकिङ्ग, निःशुल्क एटिएम सेवा, कनेक्ट आईपिएस जस्ता सुविधाका साथ साथै वचत तथा मुद्यती खातामा आकर्षक व्याजदर प्रदान गर्दै आएको छ । बैंकले छिट्टैनै नवलपुरको कावासोती र गैंडाकोटमा समेत शाखा विस्तार गर्न लागेको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै