PRABHU BANK

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा १६.५१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा

  • बैंकिङ संसार
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले सेयरधनिहरुलाई वितरण गर्ने लाभांस प्रस्ताव गरेको छ ।
बैंकको कात्तिक १४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई कर सहित १६।५१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावित नगद लाभांश नियामक नेपाल राष्ट्र बैंक र स्ट्याण्डर्ड चार्टर्डको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।
बैंकले अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा भने १० प्रतिशत बोनस सेयर र ३.०६ प्रतिशत नगद लाभांश दिएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै