नेपाल बैंकका कर्मचारी विमल पाण्डे लागूऔषधसहित पक्राउ, ३० ग्राम लागूऔषध बरामद, अब हुन्छ त कारवाही ?

काठमाडौँ। नेपाल बैंकका एक जना कर्मचारी पक्राउ परेका छन्। सुदूरपश्चिम प्रदेश कार्यालयसमेत रहेको नेपाल बैंक लिमिटेड धनगढीका कार्यालय प्रमुख अम्बिकाप्रसाद अधिकारीको सरकारी गाडी चलाउँदै आएका वेदकोट नगरपालिका ७ का विमल पाण्डे कञ्चनपुरको गुलरियाबाट पक्राउ परेका हुन्।

पाण्डेलाई बैंक प्रमुख अधिकारीको गाडीसहित नियन्त्रणमा लिएको थियो। उनीसँगै कृष्णपुर नगरपालिका २ का लालबहादुर सुनार, हेमराज जोशी र धनगढी उपमहानगरपालिका ५ तारानगरका अशोक पाण्डे पनि पक्राउ परेका छन्।

पक्राउ परेकाहरूको साथबाट प्रहरीले ३० ग्राम लागूऔषध बरामद गरेको थियो। हाल यस घटनाको थप अनुसन्धान भईरहेको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्