prabhu

धनगढीमा देव: विकास बैंकको चरम लापरवाही, खाता खोल्ने नाममा थुपार्यौ अव्यवस्थित भिड !

Deva Bikash Bank
  • बैंकिङ संसार 
कैलाली । धनगढीमा देव: विकास बैंकले चरम लापरवाही गरेको पाइएको छ । कोरोना महामारीकाबीच बैंकको नियम र निर्देशिका विपरित रही उक्त बैंकले खाता खोल्ने नाममा भिडभाड गराएर चरम लापरवाही गरेको पाइएको हो । खाता खोल्ने लाइनमा प्राय वृद्धवृद्धा नै देखिन्छन् । लाइनमै बसेकी एक वृद्धाले भनिन्, ‘घरमा बस्दा बस्दा भएको रासन सबै सक्कियो सुरक्षा भत्ताको लागि खाता खोल्नै पर्छ भनेपछि लाइनमा बसेको छु ।’ लाइनमै बसेकी अर्कि वृद्धा धनमती चौधरीले लाइनमा बसेको २ घण्टा हुँदासम्मपनि पालो नआएको गुनासो गरिन् । उनले भनिन्, ‘कोरोनाको डर त धेरै छ तर पेट पाल्ने एउटै बाटो भत्ता हो अनि के गर्नु ?’ 
आफ्नो स्वार्थ र सहजताका लागि भन्दै देव: विकास बैंकले शाखा कार्यालय अगाडी नै असुहाउँदो गरि भिड जम्मा गरेको छ । सामाजिक सुरक्षा भत्ताका लागि खाता खोल्न भन्दै जम्मा भएको उक्त भिडमा सामाजिक दुरी कायम समेत गरिएको छैन । यसरी संक्रमणको जोखिमलाई नजरअन्दाज गर्दै देव: विकास बैंकले गरेको उक्त हर्कतका कारण कोरोना संक्रमणको जोखिम झनै उच्च बनेको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै