National

एनआईसी एशियाले सुरु गर्यो ‘डिजिटल एकाउन्ट ओपनिङ’, अव डिजिटल माध्यमबाट खाता खोल्न सकिने

 Nic Asia Bank
  • बैकिङ संसार
काठमाडौं । एनआईसी एशिया बैंकले डिजिटल माध्यमबाट खाता खोल्ने प्रणाली बजारमा ल्याएको छ । बैंकले ग्राहकहरु आफैले बैंकमा गएर डिजिटल माध्यमबाट बचत खाता खोल्न मिल्ने प्रणालीको सुरुवात गरेको हो । कम्प्यूटरसम्बन्धि ज्ञान नभएका ग्राहकहरुले भने बैंक कर्मचारीहरुको सहयोगले डिजिटल माध्यमबाट खाता खोल्न सक्ने समेतको व्यवस्था गरेको छ ।
यसका लागि मात्रै बैंकले आफ्ना प्रत्येक शाखाहरुमा डिजिटल लबीको व्यवस्था गरेको छ । त्यस्तै, यस प्रणालीमार्फत् खाता खोल्दा ग्राहकहरुले लामो फारम भर्न र पालो कुर्नुपर्ने झन्झटबाट छुटकारा पाउने विश्वास बैंकको रहेको छ ।
ग्राहकहरुले उक्त प्रणाली मार्फत डिजिटल माध्यमबाट खाता खोल्नका लागि भौतिक फारमको सट्टा खाता खोल्न आवश्यक आफ्नो विवरण, फोटो, औंठाछाप, हस्ताक्षरसहितको विवरणहरु भरी डिजिटल माध्यमबाट बचत खाता खोल्न सकिनेछ । यसैगरी सेवाग्राहीहरूले चमत्कारिक सुविधाहरूले भरिपूर्ण ९ वटा न्यू प्रिमियम सुपर चमत्कारिक खाता योजनाहरूमध्ये आफुले इच्छाएको खाता छनौट गरी खाता खोल्न सकिने पनि बैंकले जनाएको छ । 
एनआइसी एशिया बैंकले हालसम्म ३ सय २६ वटा शाखा कार्यालय, ४ सय ६५ वटा एटिएम, १ सय १ वटा एक्स्टेन्सन काउन्टर र ६४ वटा शाखा रहित बैंकिङमार्फत् ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै