National

पोखरा फाइनान्सको नयाँ शाखा नवलपरासीमा, ग्राहकलाई आधुनिक बैंकिङ सेवा दिने उद्देश्य

Pokhara Finance
  • बैंकिङ संसार 
काठमाडौं । पोखरा फाइनान्स लिमिटेडको नयाँ शाखा कार्यालय सञ्चालनमा आएको छ । संस्थाले २९ औं शाखा नवलपरासीको सुनवल नगरपालिका वडा नं १ मा सञ्चालनमा ल्याएको हो । 
राष्ट्रिय स्तरको यस वित्तीय संस्थाले ग्राहकहरुलाई सेवा प्रदान गर्ने उद्देश्यले शाखा विस्तार गरेको जानकारी प्रमुख कार्यकारी अधिकृत (सिइओ) रविचन्द्र गुरुङले दिए ।
कम्पनिको चुक्ता पुँजी ९१.७२ करोड रहेको छ । त्यस्तै, हालसम्म संस्थाको निक्षेप ७ अर्व ५८ करोड र कर्जा लगानी ६ अर्व ३३ करोड रहेको छ । उक्त शाखाहरुबाट संस्थाले निक्षेप संकलन, कर्जा लगानी, मोवाइल बैंकिङ, सिआस्वा, आइपिएस, चेक क्लिअरिङ र रेमिटेन्स लगायतका आधुनिक बैंकिङ सेवा दिने पनि बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै