PRABHU BANK

मुक्तिनाथ विकास बैंक र एनसीसी बैंकबीच सम्झौता, ग्राहकहरुलाई रेमिट्यान्स रकम भुक्तानीमा सहज

 Muktinath Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । मुक्तिनाथ विकास बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंकबीच सम्झौता भएको छ । उक्त सम्झौता रेमिट्यान्स रकम भुक्तानी सहजको लागि गरेको हो । अब मुक्तिनाथ विकास बैंकमा आएको रकम एनसीसी बैंकका जुनसुकै शाखाबाट पनि भुक्तान गर्न सकिनेछ । यस सुविधाबाट ग्राहकहरुलाई अझै थप सुविधा मिल्ने अपेक्षा बैकको रहेको छ । 
मुक्तिनाथ विकास बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सिइओ) रमेश राज अर्यालले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । 
मुक्तिनाथ विकास बैंकले नेपालभर १ सय ३८ वटा शाखाहरु मार्फत आफ्ना ग्राहकमहानुभावहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै