PRABHU BANK

ग्लोबल आइएमई बैंकको थप २ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा, सबै क्षेत्रमा बैंकिङ सेवा पुर्‍याउने उद्देश्य

 Global IME Bank
  • बैंकिङ संसार 
काठमाडौं । ग्लोबल आइएमई बैंकले थप २ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले झापाको साधुटार र खोटाङको जल्पामा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । उक्त शाखारहित बैंकिङ्ग सेवाबाट स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधिमार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् । यसका साथै निक्षेप खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिशहोम/सीडीएमए/यूटीएल/एनटीसीको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने जस्ता सेवा प्राप्त गर्न सक्नेछन् । 
कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यस क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि बैंकले शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको हो । 
उक्त बैंकको सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्य रहेको छ । नेपालभर बैंकले २ सय ५७ वटा शाखा, २ सय ३ वटा शाखारहित बैंकिङ सेवा, २ सय ३४ वटा एटिएम , ३९ एक्सटेन्सन काउन्टर र देश बाहिर ३ वटा अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालयबाट ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै