PRABHU BANK

एनसीसी बैंकको सिइओ रमेशराज अर्यालको कार्यकाल थप, सोहि बैंकमा २४ वर्षदेखि कार्यरत

 NCC Bank
  • बैंकिङ संसार 
काठमाडौं । एनसीसी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) रमेशराज अर्यालको कार्यकाल थप गरेको छ । साउन १९ गते बसेको सञ्चालक समिति बैठकले सिइओ अर्यालको कार्यकाल थप गर्ने निर्णय गरेको हो । उक्त बैठकले सिइओ पदमा थप ४ वर्षको लागि अर्यालले निरन्तरता दिनुपर्ने निर्णय गरेको छ । अर्यालको पहिलो सिइओको कार्यकाल भने असोज १ गते सकिनेछ । 
२०७२ साल पुस १४ गतेदेखि एनसीसी बैंकको कामु प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत अर्याल २०७३ असोज १ गते सोही बैकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा नियुक्त भएका हुन् । उनी यसै बैंकमा विगत २४ वर्ष अगाडि देखि कार्य गर्दै आइरहेका छन् । 
औपचारिक अध्ययनतर्फ एमबीए गरेका अर्यालले एनसीसी बैंकमा फाइनान्स, आन्तरिक लेखापरिक्षण, मानव संशाधन विभागमा काम गरेका छन् । यसका साथै लामो समय कम्पनी सचिवको जिम्मेवारी समेत समालेका थिए । उनले ग्रिनलेज बैंक (स्ट्याण्डर्ड चार्टर्ड बैंक)मा पनि साढे ६ वर्षसम्म काम गरेको थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै