काठमाडौँ। हराएको सिमकार्ड दुरुपयोग गरी मोबाइल बैंकिङको पैसा चोरी गर्ने दुई जना पक्राउ परेका छन्। सर्वसाधारणको हराएको सिमकार्ड दुरुपयोग गरी २४ लाख ४७ हजार ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिन्धुलीका रोशन पहाडी र डडेल्धुराका सुभाष ओझा रहेका छन्। प्रहरीले पहाडीलाई भक्तपुरको सल्लाघारीबाट र ओझालाई ललितपुरको एकान्तकुनाबाट नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार पीडित कान्छी लामाको नाममा वि.स.२०७० असोज २ गते एउटा सिमकार्ड जारी भएको थियो। लामाले तत्कालीन नेपाल क्रेडिट एण्ड कमर्स बैंक (हाल कुमारी बैंक) मा खाता खोल्दा सोही मोबाइल नम्बर प्रयोग गरी मोबाइल बैंकिङ्गको सुविधा लिएकी थिइन्।
तर, उक्त नम्बर प्रयोग गरिरहेकै अवस्थामा करिब ६ वर्षपछि उनको सिमकार्ड हराएको पाइएको छ। उक्त हराएको सिमकार्ड रोशन पहाडीले लिएको देखिएको प्रहरीले बताएको छ। यो हेर्नुहोस्:


