काठमाडौँ। एनआईसी एशिया बैंक र ईएफआइएक्स नेपालबीच सम्झौता भएको छ। बैंक र नेपालका लागि अनर ब्राण्डका स्मार्टफोनको Authorized reseller EFIX Nepal प्रा. लि. बीच बैंकका ग्राहकहरूलाई विशेष सुविधा प्रदान गर्ने सम्बन्धी एक द्विपक्षीय सम्झौता सम्पन्न भएको हो ।
आफ्ना ग्राहकहरुको डिजिटल बैंकिङ सम्बन्धी आवश्यकताहरूलाई सम्बोधन गर्दै ग्राहक अनुभवलाई थप परिष्कृत बनाउने रणनीतिक उद्देश्यका साथ यो सहकार्य गरिएको हो ।
उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट चिफ ट्रान्जेक्सन बैंकिङ्ग नरेन्द्र मैनाली र EFIX Nepal का तर्फबाट आइटी म्यानेजर अश्विन गोपाल शर्माले हस्ताक्षर गरे । यस सम्झौता अनुसार एनआईसी एशिया बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताहरूले शून्य प्रतिशत ब्याजदरमा अनर ब्राण्डका स्मार्टफोनहरू efix.com.np बाट क्रेडिट कार्ड मार्फत खरिद गरी आकर्षक मासिक किस्ताबन्दीमा भुक्तानी गर्न सक्नेछन् ।
ग्राहकहरूले कुनै थप ब्याज बिना अधिकतम १२ महिनासम्मको अवधिमा रकम भुक्तानी गर्न सक्ने गरी आकर्षक स्मार्टफोनहरू खरिद गर्न सक्ने विशेष लाभ हासिल गर्न सक्नुहुनेछ र मासिक किस्तावन्दीका लागि बैंकको पोर्टल instabuy.nicasiabank.com बाट सहजै अनलाइन आवेदन दिई भुक्तानीलाई मासिक किस्ताबन्दीमा रूपान्तरण गर्न सकिनेछ ।
साथै, विदेशमा रहेका नेपालीहरूले समेत EFIX Nepal को वेबसाइटमा बैंकको अत्याधुनिक कार्डमा आधारित अनलाइन भुक्तानी गेटवे ‘Cybersource’ प्रणालीमार्फत भुक्तानी गरी नेपालमा रहेका आफ्ना परिवार तथा आफन्तजनका लागि स्मार्टफोन उपहार पठाउन सक्नुहुनेछ । यस साइबरसोर्स प्रणालीमा जुनसुकै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंकहरूद्वारा जारी गरिएका भिसा र मास्टरकार्ड प्रयोग गर्न सकिने व्यवस्था छ ।
सदैव आफ्ना ग्राहक महानुभावहरूलाई डिजिटल भुक्तानीको उच्चतम प्रयोगमार्फत समृद्ध बैंकिङ अनुभव प्रदान गर्न यस बैंक सदैव क्रियाशील रहेकोे परिप्रेक्ष्यमा भ्ँक्ष्ह् ल्भउब िसँगको यस सहकार्यले बैंकका ग्राहक महानुभावहरूलाई व्ययभार कम गर्न मद्दत मिल्ने बैंकले विश्वास लिएको छ ।


