काठमाडौँ। एनएमबि लघुवित्त वित्तीय संस्थाले नयाँ सिइओ पाएको छ। लघुवित्तको प्रमुख कार्यकारी अधिकृत ( सिइओ ) मा सजल खड्का नियुक्त भएसँगै लघुवित्तले नयाँ सिइओ पाएको हो।
संस्थाको वैशाख २२ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले उनलाई सो पदमा नियुक्त गरेको हो । उनलाई वैशाख २२ गतेदेखि लागुहुने गरी ४ वर्षे कालकालका लागि सीईओमा नियुक्त गरेको हो ।
यसअघि उनी लघुवित्तको डिसीइओको रुपमा कार्यरत थिए । उनीसँग लघुवित्त क्षेत्रको लामो अनुभव छ ।

