बिदाको दिन पनि बैंक खुलेपछि कर्मचारीले पोख्न थाले गुनासो, ‘हामीलाई कुनै राहत छैन, काम नगरे दबाब आउँछ’

काठमाडौँ। कतिपय बैंक तथा लघुबित्तले मजदुर दिवसको दिन र सरकारले बिदा दिएको आइतबार पनि काम गर्न लगाएको पाइएको छ। सरकारले बिदा दिएको आइतबार पनि काम गर्न लगाएको भन्दै बैंकरहरुले गुनासो पोख्न थालेका हुन् ।

सरकारले बिदा दिएको दिनमा पनि आफुलाई काममै लदाएको भन्दै बैंकरहरुले आपत्ती जनाउँदै गुनासो पोखेका हुन्।

बिदाको दिनमा पनि नियमित रूपमा कार्यालय उपस्थित हुनुपर्ने बाध्यता सिर्जना गरिएको भन्दै बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीहरूले खुला रूपमा गुनासो पोख्न थालेका हुन्।

श्रमिकहरूको अधिकार र योगदानको सम्मानका लागि मनाइने मजदुर दिवस जस्तो दिनमै काममा खटाइनु विडम्बनापूर्ण भएको उनीहरूको भनाइ छ ।

‘बिदा भनिए पनि व्यवहारमा हामीलाई कुनै राहत छैन। काम नगरे दबाब आउँछ,’ एक बैंक कर्मचारीले नाम नखुलाउने सर्तमा बैंकिङ संसार डटकमलाई बताएका छन्।

यो घटनाले नेपालमा श्रम अधिकारको कार्यान्वयन कति प्रभावकारी छ भन्ने प्रश्न उठाएको छ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै